आजको मौसम : यी स्थानमा वर्षा हुने

काठमाडौँ – हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको तर आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा दिउँसो पनि आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातीः देशका पूर्वी भु-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

 रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 माघ २६ गते (आईतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

 रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सिफारिस

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा”...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

धेरै पढिएको