ललितपुरवासीको प्रश्न : सरकार ! धुलो प्रदूषण कहिलेसम्म ?

काठमाडौं उपत्यकाका सडकको दूरावस्था पनि कतिपय दुर्घटनामा कारक बन्ने गरेको छ। पानी पर्दा हिलाम्मे र घाम लाग्दा बुङबुङ्ती धुलो उड्ने मात्रै हाेइन, खाल्डाखुल्डी पनि उत्तिकै छन्।ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको अवस्थाले यहाँका स्थानीय आजित भएका छन्। मेलम्चीको पाइपलाइन बिछ्याउँदा खनिएको सडक अलपत्र अवस्थामा छ

सामान्यतया सडक खराब भएका बाटोमा ‘सावधान दुर्घटना ग्रस्त क्षेत्र, बिस्तारै हाक्नुहोस्, सावधान अगाडि निर्माण कार्य हुँदैछ’ लगायतका बोर्डहरू राखिन्छ।तर यहाँका स्थानीयले दुई वर्षदेखि निर्माण र पिच नभएको सडकका बीचमा फरक बोर्ड राखेर विरोध गरेका छन्।

उनीहरूले सरकारको कामप्रति प्रश्न गर्दै भिजिट नेपाल २०२० माथि पनि व्यङ्ग्य गरेका छन्। ‘भिजिट नेपाल २०२० को सडक अवस्था यस्तो हुन्छ?’ मंगलबजारदेखि ग्वार्को जाने बाटोको बीचमा राखिएको बोर्डमा लेखिएको छ।

यस्तै ‘सडक बनाउन आन्दोलन आवश्यकै हो?’ भनेर सरकारलाई चेतावनीसहितको बोर्ड राखिएको छ।

‘सावधान सडक जीर्ण भएकाले सवारी बिस्तारै हाक्नुहोला, सरकार! धुलो प्रदूषण कहिलेसम्म?’ जस्ता बोर्ड सडकको छेउछाउमा राखिएको छ।


स्थानीय बासिन्दाका अनुसार सडकका समस्याबारे गत जेठमा नै छलफल भएको थियो। मेलम्चीको पाइपलाइन राख्ने काम सकिने बित्तिकै सडक बनाउने भनेर हस्ताक्षर भएको उनीहरूको भनाइ छ।

छ महिनाभन्दा बढी बितिसक्दा पनि केही काम नभएपछि स्थानीयहरूले सडक बीचमै बोर्ड राखेर विरोध जनाएका हुन्।

 

 

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको