मेयर र उपमेयरमा श्रीमान र श्रीमती सिफारिस

नेकपा माओवादी केन्द्र धादिङले एकै घरका श्रीमान–श्रीमतीलाई मेयर र उपमेयरमा सिफारिस गरेको खुलेको छ ।

स्थानीय निर्वाचनको लागि निलकण्ठ नगरपालिका धादिङको मेयर र उपमेरमा माओवादी केन्द्रले मेयर र उपमेयरमा एकै घरका श्रीमान् र श्रीमतीलाई सिफारिस गरेको हो ।

मनराज भण्डारी नीलकण्ठ नगरपालिका धादिङका उप–मेयर छन् । उनी नेकपा माओवादी केन्द्र धादिङका अध्यक्षसमेत हुन् । बहालवाला उपमेयरको नाम मेयरमा र श्रीमतीको नाम उपमेयर सिफारिस भएसँगै माओवादी केन्द्रका नेता कार्यकर्ताले उनको चर्को आलोचना गरिरहेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीबीच सत्ता गठबन्धन भएपछि मनराज भण्डारी उपमेयरमा निर्वाचित भएका थिए ।

उपमेयर भएपनि उनले पार्टी र नाागरिकहरुको लागि उपलब्धीमुलक काम गर्न नसकेको भनेर चर्को विरोधसहित आलोचना भइरहेको छ । उनै भण्डारी र उनकी श्रीमती नै मेयर र उपमेयरमा सिफारिस भएसँगै चर्को आलोचना भइरहेको हो ।

सत्ता गठबन्धन भएको खण्डमा धादिङको नीलकण्ठ नगरपालिकाको मेयर काँग्रेसको भागमा रहनेछ । माओवादी केन्द्र निलकण्ठले मेयर पदका लागि मनराज भण्डारी, कमल सापकोटा, तिलक थापामगर र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

उप प्रमुखमा ९ जनाको नामा सिफारिस भएको छ । जसमा सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा, रामचन्द्र सामरी, रुद्रबहादुर खत्री, सरला धमला, बद्री सुवेदी, ध्रुव थापा, सिता भण्डारी र निशा मजाकोटी रहेका छन् । मेयर पदका दावेदार मनराज भण्डारी र उप मेयरका दावेदार सिता भण्डारी श्रीमान श्रीमती हुन् ।

यस्तै धादिङका सत्ता गठबन्धन दल बीच नेत्रावती बाहेकका अन्य पालिकाहरुमा सहमति भएको बताईएको छ । उप प्रमुख र वडाहरु भागबण्डा कै क्रममा रहेको बताईएको छ ।

पछिल्लो सहमती अनुसार कांग्रेसको भागमा नीलकण्ठ नगरपालिका सहित ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका र गंगाजमुनाको अध्यक्ष परेको छ ।

यस्तै माओवादी कन्द्रको भागमा जिल्ला समन्वय समितिको प्रमुख सहित थाक्रे, बेनीघाट रोराङ र रुवीभ्याली गाउँपालिको अध्यक्ष परेको छ भने समाजवादीले गल्छी र धुनीबेसीको अध्यक्ष पाएको छ ।

यस्तै धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष पिटर तामाङको नेतृत्वमा आएको युवाहरुको टोलीले धादिङबेसी स्थित एकीकृत समजवादीको पार्टी कार्यालय तालाबन्दी गरेको छ ।

गठबन्धनको साझा उँम्मेदवार उठाउने नाममा गरिएको समझदारीले रुबीभ्यालीमा समस्य उत्पन्न भएको र एकीकृत समाजवादीलाई अन्याय भएकाले पुनर विचारको लागि दवाद सृजना गर्न तालाबन्दी गर्नु परेको अध्यक्ष पिटरले बताएका छन् ।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको