मापसे गरी सवारी साधन चलाउने २० हजार ४५७ जना चालकलाई कारवाही

काठमाडाैं – पछिल्लो छ महिनामा महानगरीय ट्राफिक महाशाखाले २० हजार ४५७ जनालाई मादक पदार्थ सेवन (मापसे) गरी चलाउने चालकलाई कारवाही गरको छ ।

दैनिक विशेष सचेतना अन्तर्गत आम सडक प्रयोगकर्तालाई सुरक्षित सडक प्रयोग अन्तर्गत २० हजारभन्दा धेरैलाई सचेतना कक्षा दिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाले आज (आइतवार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

यसबाहेक लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ५ सय ७ जना, सवारी दुर्घटना गर्ने चालक २ सय ५५ जना, चालक सह–चालक १ हजार ९ सय ५९ जना, मन्त्रालय, अन्य सरकारी कार्यालय तथा संघ संस्थाका व्यक्ति १ हजार ८ सय ४६ जना, कलेजका विद्यार्थीहरू ६ हजार १ सय ११ र सुरक्षित यात्रा अभियानमा ६ हजार १ सय ८२ जना गरी हालसम्म जम्मा ६० हजार ३ सय १७ जनालाई सचेतना कक्षा प्रदान गरेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाले सचेतना सँगसँगै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई पुस १ गतेदेखि नै ३ महिने विशेष मोबाइल कारवाही अभियान शुरू गरेको थियो । जसअन्तर्गत सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरी पार्किङ गर्ने ४ हजार २ सय १८, जथाभावी सवारी मोड्ने १ हजार ८०, ढोका खुल्ला ३ हजार ८ सय ६, एकतर्फी (वान वे) मा चलाउने ८ सय ४१, जथाभावी हर्न बजाउने ८ सय ८, लेन अनुशासन पालना नगर्ने ७ सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ३ हजार ५ सय ६६ र अन्य ६ हजार ३ सय ४२ गरी जम्मा २० हजार ४३३ सवारी चालकहरूलाई कारवाही गरेको महानगरिय प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भिम प्रसाद  ढकालले बताए ।

भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको