मापसे गरी सवारी साधन चलाउने २० हजार ४५७ जना चालकलाई कारवाही

काठमाडाैं – पछिल्लो छ महिनामा महानगरीय ट्राफिक महाशाखाले २० हजार ४५७ जनालाई मादक पदार्थ सेवन (मापसे) गरी चलाउने चालकलाई कारवाही गरको छ ।

दैनिक विशेष सचेतना अन्तर्गत आम सडक प्रयोगकर्तालाई सुरक्षित सडक प्रयोग अन्तर्गत २० हजारभन्दा धेरैलाई सचेतना कक्षा दिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाले आज (आइतवार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

यसबाहेक लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ५ सय ७ जना, सवारी दुर्घटना गर्ने चालक २ सय ५५ जना, चालक सह–चालक १ हजार ९ सय ५९ जना, मन्त्रालय, अन्य सरकारी कार्यालय तथा संघ संस्थाका व्यक्ति १ हजार ८ सय ४६ जना, कलेजका विद्यार्थीहरू ६ हजार १ सय ११ र सुरक्षित यात्रा अभियानमा ६ हजार १ सय ८२ जना गरी हालसम्म जम्मा ६० हजार ३ सय १७ जनालाई सचेतना कक्षा प्रदान गरेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाले सचेतना सँगसँगै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई पुस १ गतेदेखि नै ३ महिने विशेष मोबाइल कारवाही अभियान शुरू गरेको थियो । जसअन्तर्गत सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरी पार्किङ गर्ने ४ हजार २ सय १८, जथाभावी सवारी मोड्ने १ हजार ८०, ढोका खुल्ला ३ हजार ८ सय ६, एकतर्फी (वान वे) मा चलाउने ८ सय ४१, जथाभावी हर्न बजाउने ८ सय ८, लेन अनुशासन पालना नगर्ने ७ सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ३ हजार ५ सय ६६ र अन्य ६ हजार ३ सय ४२ गरी जम्मा २० हजार ४३३ सवारी चालकहरूलाई कारवाही गरेको महानगरिय प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भिम प्रसाद  ढकालले बताए ।

भिडियो 

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको