एमालेले टुंगो लगायो महानगर र उपमहानगरको उम्मेदवार, कहाँ- कसले पाए ?

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापितलाई उठाउने निर्णय गरेको हो ।

तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका एक नेताले बताए । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने नेकपा एमालेले औपचारिक निर्णय गरेको छ । यस्तै पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको निर्णय भएको नेकपा एमालेले जनाएको छ ।

यस्तै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी रहेको नेकपा एमालेका नेताहरुले बताएका छन् ।

यसैबीच, यो पटकको स्थानीय तहको चुनावमा सबैभन्दा धेरै चर्चाको रुपमा चितवनको भरतपुर महानगरपालिकालाई हेरिएको छ । सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल रहेकी छिन् ।

५ वर्षअघिको स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेससँग नै तालमेल गरेर मेयर पदमा विजयी भएकी दाहालले यो पटक पनि सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने अवसर पाएकी हुन् । उनले पुनः मेयरमा उम्मेदवार दिनका लागि मेयर पदबाट राजीनामा दिइसकेकी छिन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरुको साझा उम्मेदवारको रुपमा रहेकी दाहालसँग टक्कर लिनका लागि नेकपा एमालेले भने विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्नेगरी सुवेदी मेयरको उम्मेदवार बन्न लागेका हुन् ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।

यो पटक भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेको तर्फबाट बलियो उम्मेदवार रहेकोले यी दुईमध्ये कसले बाजी मार्ला ? भन्ने आम चासो रहेको छ । उनीहरु दुबैजनाले विजय सुनिश्चित रहेको भन्न थालिसकेका छन् ।

यस्तै केन्द्रले महानगर र उपमहानगरपालिकाको तालमेल टुंगो लगाए पनि जिल्ला जिल्लामा समस्या आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

नेकपा एसले केन्द्रबाट पालिका भागबण्डा लगाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल हुन लागेको हो ।

छलफलमा जानुपर्ने भएकाले नेकपा एसको सचिवालय बैठक रोकेर अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् । धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि कांग्रेस र माओवादीमात्र मिलेपछि नेपालले असन्तुष्टी जनाएका छन् ।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको