काठमाडौं – गायक लेखराज गुरुङको नयाँ गीत ‘नसकिने भो’ सार्वजनिक भएको छ । उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छन् । गीतमा टिका कै शब्द संगीत रहेको छ ।
गीतमा उदय राज पौडेलको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ ।
त्यस्तै भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माकाे अभिनय रहेकाे छ । त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको यस गीतमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।