नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी) मा ठाकुर ज्ञवाली

काठमाडौं- सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई बनाउने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा कार्यरत नायब महानिरीक्षक (डिआइजी) ज्ञवालीलाई आइजिपी बनाउने निर्णय गरेको हो।

३० वर्षे कार्यकालका कारण सर्वेन्द्र खनालले मंगलबारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले ७५ हजार सदस्य रहेको सुरक्षा संगठन नेतृत्वको जिम्मा ज्ञवालीलाई दिएको हो। ज्ञवालीले बुधबार पदभार ग्रहण गर्नेछन्। त्यसको तयारीका लागि यसअघि नै प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ।

२७ औं आइजीमा नियुक्त भएका ज्ञवाली सर्वेन्द्र खनालको ब्याचको वैकल्पिक रुपमा २०४७ असार २५ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए। प्रहरीभित्र सरल छबि बनाएका ज्ञवालीको पुख्र्यौली घर प्युठान हो। प्युठानकै बाल शिक्षा माविबाट उनले एसएलसी उत्तीर्ण गरेका थिए। उनले समाजशास्त्रमा स्नातक र बिएल गरेका छन् भने त्रिभूवन विश्वविद्यालबाट राजनीतिशास्त्रमा स्नतकोत्तर गरेका छन्। वि स २०२२ मा जन्मिएका ठाकुर तीन पटक शान्ति मिसनमा गइसकेका छन्। उनी हाइटी, पूर्वी टिमोर र कोसोभोमा शान्ति मिसनमा खटिएका थिए।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको