मन्त्री मगरले भनिन् : काठमाडौंमा मेलम्चीको पानी असार मसान्तभित्र ल्याउछु

काठमाडौं– सरकारले आगामी असारसम्म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ ।
खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे आज स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६–७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ । सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । मेलम्ची आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सम्झौता अवधि भन्दा अगाडि नै काम सकिने बताउनुभयो ।

निर्देशक खत्रीले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अनुगमन गरिरहेको बताउनुभयो । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिनुभयो । उहाँले काम बीचैमा छाडेर गएको इटालियन कम्पनी सीएमसीले श्रमिक तथा सव कन्ट्राकटरको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको बताउनुभयो ।

सीएमसीले कामदार र सव कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको जनाइएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको