सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन सरकार प्रतिबद्ध : राज्यमन्त्री रावल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले ऐनमा आधारित रहेर सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा महिला कानुन र विकास मञ्चले गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले आफ्नो तर्फबाट छिटोभन्दा छिटो नियमावली बनाउने काममा क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले कानुन अभावमा महिलाहरुले भोगेको समस्या समाधान गर्न प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत भएको उल्लेख गरे । मन्त्रालयले तयार पारेको नियमावलीको मस्यौँदामा केही समस्या भए छलफल गरेर परिवर्तन गर्न तयार रहेको जनाएका हुन् । अन्य देशको तुलनामा नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै राज्यमन्त्री रावलले सोही अनुसार सरकारले एक वर्षमा २ सय ३५ हाराहारी कानून बनाएको उल्लेख गरे ।

सरकारले बनाएका केही कानूनमा कमजोरी भएपनि त्यसलाई सुधार गरेर जान सरकार प्रतिबद्ध रहेको बताए । परिवार नियोजन महाशाखाका निर्देशकले कानून मन्त्रालयबाट अंग्रेजीमा रहेको प्राविधिक शब्दलाई उल्था गरेर पठाउन मन्त्रालयलाई भनेको बताउँदै सो नियमावलीको मस्यौँदा छिट्टै मन्त्रिपरिषदमा पेश हुने जानकारी गराए ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी नियमावलीको मस्यौँदा मन्त्रालयले तयार पारेर कानुन मन्त्रालय र नीति योजनामा पठाएको उनले जानकारी दिए । कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन जारी भएको एक वर्ष बितिसक्दा पनि नियमावली नबन्दा कानूनको कार्यान्वयन हुने नसकेको प्रति ध्यानाकर्षण जनाए ।

सो ऐन २०७५ असोज २ गते जारी भएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले नियमावली नबन्दा महिलाहरु समस्यामा परेको प्रति ध्यानाकर्षण गराउँदै ऐनमा सुरक्षित मातृत्वको साथै सुरक्षित गर्भपतनको विषय पनि रहेको बताउँदै कानूले १२ हप्तासम्म र २८ हप्तासम्म सुरक्षित गर्भपतन गर्न पाउने अधिकार दिएको बताए । तर ऐनमा तोकिएको स्वास्थ्य केन्द्र, तोकिएको स्वास्थ्यकर्मी र प्रविधिको प्रयोग गरेर भन्ने उल्लेख गरेको उनले बताए ।

उनले तत्काल नियमावली बनाएर अधिकार प्रयोगमा सहज बनाउन आग्रह गरे । तोकिएको स्थानमा बाहेक अन्यत्र सुरक्षित गर्भपतन गरेपनि गैरकानूनी हुने अवस्था देखिएको बताउँदै उनले नियममावली नबनेका कारण अहिले विभिन्न स्वास्थ्य केन्द्रमा भएका सुरक्षित गर्भपतन सेवा पनि कानूनविपरित बन्न पुगेको बताए । यसमा मन्त्रालयले तदारुकता देखाउनुपर्ने उनको माग थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको