प्रधानसेनापति शर्माका भाइ वडाध्यक्षमा निर्वाचित

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीराम शर्मा नागार्जुन नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शर्मा यस अघि आफूलाई पराजित गरेका एमालेका करुणकुमार बलामीलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

२०७४ को स्थानीय निर्वाचनमा पनि उम्मेदवार बनेका प्रधानसेनापति शर्माका कान्छा भाइ लक्ष्मी एमालेका उम्मेदवार बलामीसँग ७९ मतले पराजित भएका थिए।

बलामीले ९१६ मत पाएका थिए भने शर्माको ८३७ मत आएको थियो। पाँच वर्षपछि २०७९ मा उनै बलामीलाई ४०६ मतान्तरले हराएर शर्माले बाजी मारे। विजयी शर्माले १३६१ मत पाउँदा पराजित बलामीको ९५५ मत पाए।

नागार्जुन ४ मा अघिल्लो चुनावमा एमालेले प्यानल नै जितेको थियो भने यो पटक दलित महिला सदस्य नै पाएन। त्यहाँ कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी शोभा नेपाली निर्विरोध निर्वाचित भइन्। नागार्जुन चारमा यसपटक भने कांग्रेसको प्यानल नै विजयी भएको छ।

महिला सदस्यमा शोभा मगर निर्वाचित हुँदा सदस्यहरु सुन्दरमणि श्रेष्ठ र बालकृष्ण ढुंगाना कांग्रेसबाट विजयी बने।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको