प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे : युवायुवतीमा छाएको विकृति

✍️ रामेश्वर शर्मा भुर्तेल

“सम्बन्ध कसैको नि बन्धन नबनोस्
भित्रभित्रै तड्पाउँने क्रन्दन नबनोस्

बिश्वासले जोड्नुपर्छ प्रेमको नाता सँधै
हृदयको साम्राज्य विखण्डन नबनोस”

नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।
यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । शहर बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिका लाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरि युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रतेक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५,००,००० गुलाफ को बिक्री हुने गर्छ।

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । जसले एक प्रकारको आत्मीयता जगाईदिन्छ

प्रेम दिवस, युवायुवती र विकृति

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

लौ है! तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एकअर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरु लगायत सबैलाई यादहरूलार्इ लाखाैं गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?

त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टाैं घोरीएर शब्द रोजी रोजी पठाएका SMSहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू… मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महशुस हुने काउकुती अनि अनेक भावनाको रमणिय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाईन डे ।

आखिर प्रेम दिवसलाई आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् । युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् । आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई संही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रर्दशन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् संही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाप होइन् खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ ।

सिफारिस

पृथ्वी जयन्ती मनाउँदै सेना, गोरखाबाट पदयात्रा शुभारम्भ (तस्वीरहरू)

काठमाडौं - ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ विभिन्न कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणका क्रममा प्रयोग भएको ऐतिहासिक गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा...

स्थानीय तह त्यागेर यी तीन मेयरको नजर सिंहदरबारतिर

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू संघीय चुनावमा होमिन खोज्दा जनमतको अपमान भएको भन्दै राजनीतिक वृत्तमा बहस सुरु भएको छ।...

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय तह त्यागेर यी तीन मेयरको नजर सिंहदरबारतिर

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहका निर्वाचित...

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा...

भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने...

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी)...

धेरै पढिएको