यस्तो छ रेखा थापाले गुपचुप विवाह गर्नुको कारण

पछिल्लो समय नेपाली अभिनेत्रीको गुपचुप विवाहले निक्कै चर्चा पायो। अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी तथा रेखा थापाको विवाह चर्चाको केन्द्रमा रह्यो। तथापि उनीहरुले आफ्ना मिल्ने साथीहरुलाई पनि थाहा नदिइ विवाह गरेका थिए।

विवाहअघि रेखाले सामान्य विवाह गर्ने बताउँदै आएकी थिइन। अर्की अभिनेत्री केकीले पनि विवाहपछि मात्रै आफन्तलाई जानकारी दिने जनाउँदै आएकी थिइन्। केकी र वर्षाले आफ्नो गुपचुप विवाहका बारेमा बोलेका छैनन्। रेखाले भने आफूले गुपचुप विवाह गर्नुको कारण खुलाएकी छिन्।

कानूनी रुपमा साधारण शैलीमा विवाह गरेकी रेखाले आफू समाज परिवर्तनको क्रान्तिमा हिँडेकाले विवाह पनि सामान्य तरिकाले गरेको बताइन्।

उनले कलाकार भइसकेपछि हरेक कुरा सोचेर गर्नु पर्ने समेत बताएकी छिन्। रेखा भन्छिन् ‘यदि युवती भएको घरमा मेरो सिको गरेर मेरो जस्तै विवाह गर्छु भनिन् तर उनको परिवारले सकेन भने के हुन्छ? छोरी भएको घरको पीडा मैले बुझेको छु। यसैले मैले काम गर्दा समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन आवश्यक छ।’

रेखाले विवाहले दुई परिवारबीचको सम्बन्ध जोड्ने काम गर्ने भएकाले तामझाम गरेर सबैलाई देखाउनु पर्ने जरुरी नभएको तर्क गरिन्।

जुन परिवारसँग आफ्नो सम्बन्ध बन्ने हो ती दुवै परिवारका अभिभावकलाई अदालतमा साक्षी राखेर कानूनी विवाह गरेको बताउँदै रेखाले त्यसपछि पनि आफूलाई सकारात्मक शुभकामना आएको भन्दै खुशी व्यक्त गरिन्।

विवाह नगर्ने सोचमा रहेकी रेखाले समाज र परिवारको नियम तोड्न नसकेको बताइन्। उनले विवाहपछि आफूलाई सकारात्मक उर्जा र शक्ति मिलेको बताएकी छिन्।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको