चार देशीय ‘पोखरा आर्ट क्याम्प’ कार्यशाला भाद्र ३१ देखि असोज ४ गतेसम्म पोखरामा हुने

ऐश्वर्य श्रेष्ठ – अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले ४ दिने ‘पोखरा आर्ट क्याम्प’को आयोजना गर्ने भएको छ । चार देशिय कार्यशालामा नेपाल बंगलादेश, इरान र भारतको सहभागिता रहनेछ । “पोखरा घुमौ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं ” भन्ने मुल नाराका साथ आगामी भाद्र ३१ देखि असोज ४ गतेसम्म कार्यक्रम आयोजना गर्ने International Watercolor Society Nepal (IWS Nepal) ले जनाएको छ ।

आज चक्रपथस्थित मार्थ थकाली होटलमा आयोजित पत्रकार सम्मेलनमा ‘आईडब्लुएस’ नेपालका अध्यक्ष एनबि गुरुङ्गले ४ देशका करिब ८० जना कलाकारको सहभागिता रहने जानकारी दिए । उक्त ४ दिने कार्यक्रममा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको प्रत्यक्ष स्थलगत भ्रमण गरी चित्रण गरिनेछ ।

अध्यक्ष गुरुङ्गले सो कार्यक्रमले पोखराको पर्यटन विकास र प्रर्वद्धनमा टेवा दिनका साथै पोखरालाई विश्व माझ कलामार्फत चिनाउन सहयोग गर्ने बताए ।

पत्रकार सम्मेलनमा जनसाँकृतिक महासंघका महासचिव तथा प्राज्ञ लालकाजी लामा, बरिष्ठ कलाकार डिराम पाल्पाली, राष्ट्रिय ललितकला संघका अध्यक्ष दिपेन्द्रमान बनेपाली, ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशबराज खनाल, चित्रकार बाबु साइला लगायतका कलाकारको उपस्थिती रहेको थियो ।

आईडब्लएस नेपालले यस अघि सन २०१६ र २०१८ मा काठमाडौं, घान्द्रुक र लुम्बिनीमा अन्र्तराष्ट्रिय कलाको प्रद्र्धशनी गरीसकेको छ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको