चार देशीय ‘पोखरा आर्ट क्याम्प’ कार्यशाला भाद्र ३१ देखि असोज ४ गतेसम्म पोखरामा हुने

ऐश्वर्य श्रेष्ठ – अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले ४ दिने ‘पोखरा आर्ट क्याम्प’को आयोजना गर्ने भएको छ । चार देशिय कार्यशालामा नेपाल बंगलादेश, इरान र भारतको सहभागिता रहनेछ । “पोखरा घुमौ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं ” भन्ने मुल नाराका साथ आगामी भाद्र ३१ देखि असोज ४ गतेसम्म कार्यक्रम आयोजना गर्ने International Watercolor Society Nepal (IWS Nepal) ले जनाएको छ ।

आज चक्रपथस्थित मार्थ थकाली होटलमा आयोजित पत्रकार सम्मेलनमा ‘आईडब्लुएस’ नेपालका अध्यक्ष एनबि गुरुङ्गले ४ देशका करिब ८० जना कलाकारको सहभागिता रहने जानकारी दिए । उक्त ४ दिने कार्यक्रममा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको प्रत्यक्ष स्थलगत भ्रमण गरी चित्रण गरिनेछ ।

अध्यक्ष गुरुङ्गले सो कार्यक्रमले पोखराको पर्यटन विकास र प्रर्वद्धनमा टेवा दिनका साथै पोखरालाई विश्व माझ कलामार्फत चिनाउन सहयोग गर्ने बताए ।

पत्रकार सम्मेलनमा जनसाँकृतिक महासंघका महासचिव तथा प्राज्ञ लालकाजी लामा, बरिष्ठ कलाकार डिराम पाल्पाली, राष्ट्रिय ललितकला संघका अध्यक्ष दिपेन्द्रमान बनेपाली, ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशबराज खनाल, चित्रकार बाबु साइला लगायतका कलाकारको उपस्थिती रहेको थियो ।

आईडब्लएस नेपालले यस अघि सन २०१६ र २०१८ मा काठमाडौं, घान्द्रुक र लुम्बिनीमा अन्र्तराष्ट्रिय कलाको प्रद्र्धशनी गरीसकेको छ ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको