देशभरका सबै पृतनापतिहरू काठमाडौंमा

काठमाडौं – आइतबारदेखि काठमाडौंमा नेपाली सेनाका पृतनापतिहरूको समन्वयात्मक बैठक शुरू भएको छ। बैठकमा सहभागी हुन देशभरका सबै पृतनाका पृतनापतिहरू काठमाडौं आइपुगेका छन्।

सेनाले हरेक वर्ष सैनिक दिवसको पूर्वसन्ध्यामा पृतनापति बैठक आयोजना गर्दै आएको छ। सेनाले कुनै महत्त्वपूर्ण विषयमा नीतिगत निर्णय लिनुअघि समेत पृतनापतिहरूको बैठक बस्ने गर्छ।

आइतबार जंगी अड्डामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा बैठक शुरू भएको हो। बैठक आउँदो ६ फागुनसम्म चल्नेछ।

बैठक शुभारम्भ कार्यक्रममा रक्षामन्त्री पोखरेलले सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्यनीतिसहित केन्द्रित भएको बताउँदै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यमा सरकारको पूर्ण साथ रहेको बताए। उनले पृतनापति समन्वयात्मक बैठकले राष्ट्रिय सुरक्षालाई थप सबल र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्त्री पोखरेलले सेनाले विशेष गरी नागरिकता र प्रमाणपत्रको छानबिन, भर्ना छनोटमा भएको अनियमिततामाथिको छानबिन र कारबाही, आर्थिक अपचलनका विषयमा भएका र भइरहेका छानबिन एवं नियमित अनुगमन जस्ता कार्यले सेनामा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमाण्डरहरूको कामकारबाही पारदर्शी, नैतिक, पदीय दायित्व बमोजिमको जवाफदेही र उत्तरदायी तथा प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुनुपर्ने बताए।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको