आज महानायक राजेश हमालको जन्मदिन, कति वर्ष पुगे ?

महानायक राजेश हमालले आज जन्मोत्सव मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालमा फ्यानदेखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् ।

उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो ।आफूलाई सँधै युवा भन्न रुचाउने हमालले २०४६ सालमा अभिनेताको रुपमा डेब्यु गरे ।

त्यस अगाडि उनको पहिचान मोडलको रुपमा स्थापित थियो । उनले साइनोमा आफ्नै मामा पर्ने दीपक रायमाझीको फिल्म ‘युग देखि युगसम्म’ मार्फत २०४६ सालमा डेब्यु गरेका हुन् ।

हमालले प्रेमिका मधु भट्टराईसँग विवाह गरेका छन् । २ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अभिनेता हमालले पछिल्लो समय भने टेलिभिजन, म्युजिक भिडियो, विज्ञापन र स्टेज शो मा व्यस्त छन् ।

दुई दशक अगाडि अनुहार बिक्ने हिरोको रुपमा परिचित हमालले पछिल्लो समय फिल्म भने गरिरहेका छैनन् । उनले कमब्याक गर्ने भनिएको फिल्म ‘बागमती’ असफल रह्यो । त्यसपछि फिल्मबाट टाढिएका अभिनेता हमालले ‘सत्यम’ मार्फत कमब्याकको योजना बनाए ।

फिल्म निर्माण वा निर्देशनको विधामा सक्रिय हुने भनिएका हमालले अझै त्यसलाई मूर्तरूप दिएका छैनन् । आधिकांश फिल्मकर्मीले उनले यो समयमा फिल्म निर्माण वा निर्देशनमा आएको हेर्न चाहेका छन् । यद्यपि त्यो अझै सम्भव देखिएको छैन ।

त्यस्तै हमालले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा सिन्धुपाल्चोक पुगेर विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्। सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका, ८ ज्यामिरेको पञ्चकन्या आधारभूत विद्यालय र सर्बसुधार आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्। हमालले वितरण गरेको ट्याब ‘के फाण्डेशन’ले उपलब्ध गराएको थियो।

लामो समयदेखि अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा विद्यालयका लागि ५/५ वटा ट्याब वितरण गरिएको हो। १६ वर्षका प्रकुल ट्याब विद्यार्थीको सिकाइमा सहयोगी हुने भएकाले सहयोग गरेको बताएका छन्।

ट्याब वितरण गर्दै हमालले दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल प्रविधिसँग जोड्न प्रकुलले गरेको सहयोग प्रशंसनीय रहेको बताए। ट्याब हस्तान्तरणका क्रममा हमालले उसै विद्यालयका शिक्षकलाई ट्याबको सही सदुपयोग गर्न समेत सुझाएका छन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको