महरा निर्दोष ठहर, कहिले जान्छन संसद ?

जबरजस्ती करणीको उद्योग गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाण्डू जिल्ला अदालतले अभियोगमा मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ।

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए।

फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्जित थिए।

सय दिनभन्दा बढी कारागारमा बसेर छुटेका महराले अब कहिले सांसदको रूपमा कामकाज गर्न पाउँछन् त?

संसद् नियमावलीको दफा २ बमोजिम सांसद थुनुवा रहेको अवधिभर उक्त व्यवस्था लागु हुने उल्लेख गरिएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, “निर्दोष सावित गरेको अदालतको फैसलाको प्रतिलिपि ल्याएको दिनदेखि उहाँले सांसद पदमा रहेर आफ्ना कामकाज गर्न पाउनु हुनेछ।”

अदालतले दोषी ठहर गरेको भएमात्रै सांसद पद स्वत: निलम्बन भएको मानिने नियमावलीको व्यवस्था छ।

महराले राजीनामा दिएपछि सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको