नेपालमा रहेका अमेरिकी सेना कमाण्डर के गर्दैछन् ? (फोटो फिचर)

चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले आइतबार नेपाली सेनाका दुई कार्यालयमा पुगेका छन्।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेलले फ्लिनसहितको भ्रमण टोलीलाई तालिम केन्द्रको बारेमा जानकारी गराएका थिए।

भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए।पाँचखालबाट टोली शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा पुगेको थियो। त्यहाँ फ्लिनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।

फ्लिनले कलेज परिसरमा वृक्षारोपण समेत गरेका छन्। कलेजमा सम्बाेधन गर्दै फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति भएको बताए। संसारकै पूरानासेनाहरुमध्ये नेपाली सेना पनि एक रहेको फ्लिनले बताए।

अमेरिकी सेनाको कमाण्डरको सद्भाव भ्रमण भएकाले यसले दुई देशबीचको सैनीक सम्बन्धलाई थप प्रगाढ बनाउने नेपाली सेनाको विश्वास छ। नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी फ्लिनको टोली आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रवक्ता सिलवालले जानकारी दिए।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको