पूर्वराजा ज्ञानेन्द्र भने : टाठाबाठालाई मात्रै प्रजातन्त्र आयो, जनतामा उत्साह छैन

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राजनीतिक दललाई सन्देश छाडेका छन्। उनले मंगलबार एक शुभकामना सन्देश दिँदै प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने बताएका छन्। ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन, सारमा झल्कनु पर्दछ’, पूर्वराजा शाहले भनेका छन्,’प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन। त्यो जीवनपद्धति र व्यवहारमा देखिनु पर्दछ।

राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।’ प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने अभिमत उनले राखेका छन्। ‘केही टाठाबाटाका निमित्तमा होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ,’उनले भनेका छन्। पूर्वराजा शाहले आफू देशविदेशका भ्रमणमा जाँदा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको उल्लेख गरेका छन्। ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन,’शाहले भनेका छन्।

पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने सन्देश पनि देशबासीलाई दिएका छन्। ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्रै बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले विज्ञप्तिमा अगाडि भनेका छन्। उनले प्रजातन्त्र दिवसका अवसरमा आफ्ना जिजुबुवा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण पनि गरेका छन्।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको