ललितपुर – सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सव मनाएको छ ।

‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव आरम्भ गरे ।

ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर : प्रदीपराज वन्त,रासस

चीनमा बनेको राइस ट्रान्सप्लाटर (धान रोप्ने मेसिन)मा बसेर मन्त्री यादवले १२ लाइन धान रोपे । एक पटकमा ६ लाइन रोपाइँ गर्ने उक्त मेसिनमा बसेर प्रविधिकको सहयोगमा मन्त्री यादवले दुई फन्को मारेका थिए । अरु रोपाहारले भने हातैले धान रोपे ।

मन्त्री यादवलाई रोपाइँमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले साथ दिएका थिए । कृषि अनुसन्धान परिषद् हातामा रोपाइँका लागि तयार गरिएको खेतको उक्त गरामा थप धान रोपाइँ गर्न कृषि आयोगका अध्यक्ष डा प्रेम दंगाल पनि अघि सरे ।

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव । तस्बिर ः प्रदीपराज वन्त÷रासस

दंगालले खेतको गरामा ट्रान्सप्लाटरमा बसेर एक फन्को मारे । रोपाइँ महोत्सवमा कृषि सचिव डा गोविन्द शर्मा, नार्कका अधिकारी, कृषि मन्त्रालय र विभागका अधिकारीहरू पनि सहभागी भए । महोत्सवमा महिला सशक्तीकरण पञ्चेबाजा समूहको प्रस्तुतिसमेत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here