काठमाडौं – कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को “आउन माया बसी देऊ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका योजना पुरीको स्वर र राम कार्कीको एरेन्ज तथा संगीत रहेको छ ।
राजु श्रेष्ठको निर्देशनमा रहेको भिडियोमा सुपा खनाल र सुरेन्द्र महर्जन अभिनय रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताए । उक्त भिडियोको छायांकन र सम्पादन सुरेश बज्राचार्यले गरेका हुन्।
हेर्नुहोस भिडियो