विवाह बन्धनमा बाँधिइन् पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् ।

गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि उनले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा पूर्व मिस मलिना जोशी, सुगारिका केसीको सहभागिता रहेको थियो ।

विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए ।

रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो । सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।

राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयको प्रेम विवाहमा परिणत गरेका हुन् । राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको