अस्मिता र महेश प्रेममा छन् ? दिए यस्तो स्पष्टीकरण

नेपाली सांगीतिक दुनियाँमा गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको प्रेम चर्चा चल्न थालेको लामो समय बितिसक्यो।

बजारमा आफ्नो सम्बन्धलाई लिएर विभिन्न गसिप चलिरहँदा पनि उनीहरु मौन थिए। यो जोडीले बजारमा चलेका कुनै पनि गसिपमा प्रतिक्रिया जनाएनन्। तर यसै साता अष्ट्रेलियाका लागि उड्न विमानस्थल पुगेका महेश अस्मिताले आफ्नो सम्बन्धका बारेमा स्पष्टीकरण दिएका छन्।

उनीहरुले एक स्वरमा भनेका छन् ‘हामी प्रेममा छैनौं।’ बजारमा आएको गसिप जस्तो आफूहरुको सम्बन्ध नभएको उनीहरुको तर्क छ। भन्छन् ‘हामी मिल्ने साथी मात्रै हौँ।’

सांगीतिक कामको सिलसिलामा आफूहरु धेरै ठाउँमा सँगै देखिएकाले धेरैले प्रेमको चर्चा गरेको महेशको तर्क छ। उनले भने ‘तर, हामीबीच असल मित्रताबाहेक अरु केही छैन।’

महेश अस्मिता आफूभन्दा उच्चस्तरीय गायिका भएको बताउँछन्। अस्मिताले पनि बजारको गसिपलाई लिएर अचम्ममा परेको बताइन्। उनले अष्ट्रेलिया जानुअघि भनिन् ‘एज अ फ्रेन्डको जोनमा त बस्न सकिहालिन्छ, त्यति मात्रै हो।’

सांगीतिक यात्राका लागि अष्ट्रलिया पुगेका महेश र अस्मिता अहिले विभिन्न सहर घुमिरहेका छन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको