अमेरिका पलायन भएकी नन्दिता नेपालमा, बिहेको लागि राखिन् यस्ता सर्त

काठमाडौं – लामो समय अमेरिका बसेर गुमनाम भएकी अभिनेत्री नन्दिता केसी अहिले बहिनीको विवाहको लागि स्वदेश फर्किएकी छन् ।

आइतबार बेलुका अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीको विवाहको रिसेप्सन पार्टीमा उनी आकर्षण बनिन् । सारीमा सजिएकी उनको मुहारमा पहिलेजस्तो चमक चाहिं देखिएन ।

अहिलेसम्म अविवाहित नन्दितालाई बिहे समारोहमा आफ्नै बिहेको प्रश्नले पछ्याउनु स्वभाविक नै थियो । उनलाई बिहे कहिले गर्ने भन्ने प्रश्न सोधियो र उनले यसको जिम्मा ‘समय’लाई छाडिदिइन् ।

‘लगन नजुरेको भएकाले होला । बिहेको कुरा आइरहेको पनि छ,’ उनी भन्छिन्, ‘पहिल्यै बिहे भएको भए हुने रैछ । यो समयमा आएर अलि व्यावहारिक भइसकियो । धेरै कुराहरु चित्त नबुझ्ने कस्तो कस्तो हुँदो रहेछ ।’

बिहेको लागि नन्दिताको लागि आधारभूत सर्त के हो ? उनलाई लाग्छ, ‘धन–सम्पत्तिभन्दा एकअर्कामा मनको कनेक्सन हुनु जरुरी छ । विश्वास र कनेक्स धेरै महत्वपूर्ण हो जस्तो लाग्छ ।’

अनि बिहे कहिले त ? उनको कूटनीतिक उत्तर छ, ‘म लगन अर्थात् समयलाई पनि विश्वास गर्छु ।’

बहिनीको बिहे गराउन नेपाल आएकी नन्दिता विवाह समारोह हेरेर आफू आत्तिएको बताइन् । ‘म त बहिनीको बिहे देखेर त भागेर बिहे गर्छु जस्तो लाग्न थाल्यो । निकै हेक्टिक हुने रैछ । सानो सानो कुरामा ध्यान दिनुपर्ने । यो नै गर्छु भन्ने थाहा छैन । समयले कस्तो परिस्थिति ल्याउँछ । त्यसलाई नै फलो गर्छु होला,’ उनले सुनाइन् ।

नन्दिता अभिनित पछिल्लो फिल्म ‘चंखे शंखे पंखे’ सन् २०१५ मा रिलिज भएको थियो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको