ग्यासको मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

काठमाडौं – खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले यस्तो सिफारिस गरेको हो ।

घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको थानीले बताए ।

उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको उनले बताए ।

उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं ।’ हाल निगमलाई एक सिलिन्डर ग्यासमा २ हजार २७१ रुपैयाँ लागत परेको र त्यसमा केही नाफा खाएर बेच्दा मूल्य बढ्न सक्ने कार्यकारी निर्देशक थानीले बताए ।

बोर्ड बैठकमा छलफल हुन बाँकी रहेको प्रतिवेदनले सिफारिस गरेअनुसार नै मूल्य निर्धारण भए होटल, रेष्टुराँ, क्याटरिङ लगायतका प्रयोजनमा खपत हुने प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार ४ सय रुपैयाँ हाराहारी पुग्ने निगमको अनुमान छ । तर, यसबारे व्यवसायीहरुसँग छलफल गर्न बाँकी रहेको उनले बताए ।

तत्कालका लागि उपभोक्तालाई हालकै मूल्य र व्यवसायीक प्रयोजनका लागि लागतमै ग्याँस बिक्री गर्न सिफारिस गरेको ग्याँसबारे अध्ययन उपसमितिका सदस्य एवं आयल निगमको खान पकाउने ग्यास तथा हवाइ इन्धन विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले बताए ।

प्रतिवेदनले औद्योगिक प्रयोजनका लागि निश्चित उद्योग तोक्ने वा सबै उद्योगलाई कुल उत्पादनको १५ प्रतिशत उत्पादन व्यावसायिक प्रयोजनका लागि अनिवार्य गर्न पनि सुझाइएको छ ।

यस्तै प्रतिवेदनले व्यावसायिक प्रयोजनको सिलिन्डर आवश्यकता र मापदण्डका आधारमा ठूलो बनाउन सकिने पनि सुझाएको छ । उपसमितिले फरक(फरक प्रयोजनका लागि ग्याँसको सिलिन्डरको रङ्ग फरक बनाउन सकिने पनि सुझाएको छ ।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको