काठमाडौ- नेपाल बिद्यार्थी संघले अाईतबार बिहान उपत्याका लगाएत देश भरका क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ ।
उपत्याकाे अार-आर क्याम्पस ,बिश्वभाषा क्याम्पस र नेपाल ल क्याम्पसको संयुक्त आयोजनामा नेपाल बिद्यार्थी संघले आइतबार बिहान ९ बजे बिरोध प्रदर्शन सुरु भएको थियो ।
उक्त बिरोध प्रदर्शनमा पुस्तकमा लगाईकाे १० प्रतिशत कर र प्रट्राेलियम पदार्थमा लगाईकाे कर तत्काल फिर्ताकाे माग राखेका थिए । त्यसै गरि स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक माग सहित बालुवाटर जग्गा प्रकरण भएकाे अनियमितताकाे निष्पक्ष छानबिन समेत माग राखेर बिराेध प्रदर्शन गरेकाे थियाे ।
यसै गरि प्रदर्शनीमा सहभागी नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनकाे सुनिश्चितता तत्काल गर्न माग गर्दै थपलियाले महङ्गी र भ्रष्टाचारका विरुद्ध नेपाल विद्यार्थी संघ सडक संघर्ष गर्न तयार रहेकाे नेपाल विद्यार्थी संघ अार – अार क्याम्पसका ईकाई सभापति सन्जिव ढकालले जानकारी दिनुभयाे ।