भित्रियो हावाहुरी र चट्याङसहितको प्रि-मनसुन

नेपालमा नयाँ मौसम सुरु भएको छ। ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर प्रि-मनसुन सुरु भएको हो।

मौसमविद्का अनुसार मार्च १ अर्थात् हिजो (आइतबार)बाट औपचारिक रूपमा प्रि-मनसुन सुरु भएको हो।

वर्षा याम लाग्नुअगाडिको तीन महिना अर्थात् मार्च, अप्रिल र मे महिनालाई प्रि-मनसुन भनिन्छ। त्यसपछि वर्षा याम सुरु हुन्छ।

प्रि-मनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘यस अवधिमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुन्छ,’  मौसमविद् नगरकोटीले भनिन्, ‘असिनासहित अलि लामै समय पनि वर्षा हुन सक्छ।’

उनका अनुसार प्रि-मनसुन अवधिमा हावाहुरी, चट्याङको जोखिम हुने भएकाले दैनिक मौसमको जानकारी राखेर होसियार अपनाउनु उत्तम हुन्छ।

‘हरेक दिनको मौसमी जानकारी लिइराख्दा कुन ठाउँमा वर्षा, चट्याङ वा हावाहुरीको सम्भावनना छ भनेर थाहा पाउन सकिन्छ,’ उनले भनिन्, ‘अनि त्यहीअनुसार सतर्कता अपनाउँदा क्षतिबाट बच्न सकिन्छ।’

यतिबेला (सोमबार बिहान) काठमाडौं उपत्यकासहित देशका सबै पहाडी भेगमा मौसम आंशिक बदली (कहिले बादल कहिले घाम) छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा छ।

आज पूर्वी क्षेत्रका थोरै स्थान (पहाड तराई दुवै)मा मेघगर्जनसहित वर्षाको सम्भावना छ भने देशका पहाडी भेगका आइसुलेटेड (निश्चित केही ठाउँ)मा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार वर्षा अपराह्नपछि वा बेलुकातिर हुने सम्भावना देखिएको छ।

आज काठमाडौं उपत्यकामा पनि बेलुकी पख केही ठाउँमा हल्का क्षणिक वर्षाको सम्भावना छ।

‘आजलाई हावाहुरीको खासै सम्भावना छैन,’ उनले भनिन्, ‘तर चट्याङ पर्ने सम्भावनाचाहिँ छ।’

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको