जवानहरुकोे तलव निकालेर खाएको भन्दै पूर्व डिआइजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व डिआइजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शाहसहित चारजनाले प्रहरी जवानहरुकोे तलव भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनीहरुले ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनका तत्कालीन समादेशक तथा पूर्वडिआइजी शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो । उनीहरुले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका जवानहरुको २०७२ माघ र फागुनको तलव भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार ऐरीले १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । २०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्नाकामा माघ १ गतेबाटै गणना गरेर दुई दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको