पत्रकार कुट्ने विद्युत् प्राधिकरणका हाकिम पक्राउ पुर्जी जारी भएपछि भागे

पत्रकारमाथि कुटपिटको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख फरार भएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्राधिकरणका कार्यालय प्रमुख राजिवकुमार सिंहलाई पक्राउ गर्न आइतबार नै पक्राउ पुर्जी जारी गरिएको बताए।

‘हामीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं तर सकिएको छैन। उनी अहिले फरार छन्,’ आफूलाई भेट्न पुगेका पत्रकार महासंघका प्रतिनिधिसँग तामाङले भने।

प्रजिअ तामाङले विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएको बताए।

तामाङले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेसमेत फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भनेको बताएका छन्।

असार ३१ गते प्राधिकरण पुगेका पत्रकार कृष्ण आचार्यले कार्यालयभित्रै मदिरासहितको भोज गरिरहेको तस्वीर खिचेपछि कर्मचारीहरूले उनलाई लछारपछार गर्दै लखेटेका थिए। उनीहरूले आचार्यका दुईवटा मोबाइल सेट पनि नियन्त्रणमा लिएका थिए।

सोही दिन राति र भोलिपल्ट गरेर प्रहरीले ७ जना कर्मचारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। पत्रकार आचार्यको परिवारले भने कार्यालय प्रमुख सिंहकै निर्देशनमा कुटपिट गरिएको भन्दै उनीसहित ८ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेका थिए। उनीहरुविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ।

आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनका सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको