काठमाडौं – कोरोना भाइरसबाट बच्न र सावधानी अपनाउन तीनवटै सुरक्षा निकाय (नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल) ले मातहतका निकायलाई अलर्ट गरेको छ।
विशेषगरि प्रहरी र सशस्त्र प्रहरी कार्यक्षेत्रमा धेरै खटिन्छन्। ठूला सभा, कार्यक्रममा खटिने, गस्ती गर्ने र दैनिक सर्वसाधरणको गुनासो सुन्नुपर्ने भएकाले कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्स लगाउनुपर्ने र हात नमिलाउन प्रहरी मुख्यालयले मातहतको कार्यालयमा परिपत्रै जारी गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालयले पनि मातहतका कार्यालयलाई परिपत्र गर्दै सीमा क्षेत्रमा चनाखो भएर काम गर्न निर्देशन दिएको छ। सीमामा खटिनेलाई विशेष सर्तक र सजक अपनाउन परिपत्र गरिएको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले दिए ।
