बढी मूल्यमा मास्क बेच्‍ने सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना

काठमाडौँ — बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्‍न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागले नेपाल केयर सर्जिकललाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ङ को कसुरमा ३९(१) ख अनुसार कारबाही गरेकोहो।

क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नले खरिद बिल देखाउन नसक्दा १० हजार जरिवना गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिए।

यसैबीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार त्रिपुरेश्वरमा रहेका विभिन्‍न सर्जिकल सप्लार्यसहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा खनाल सर्जिकल सप्लायर्स,अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएको थियो। विभागले ती सप्लायर्सहरुलाई जनही ५/५ हजारको दरले जरिवाना गरेको छ। सर्जिकल आइटमका खरिद बिल नराखेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।

विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ। अनुगमनका क्रममा मेडिकल सप्लार्यसहरुले खरिद गरेकोमास्कको बिल लुकाउने र बिक्री गरेको बिल मात्रै देखाएको पाइएको थियो।

सबै सप्लार्यसहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको मिश्रले बताए।

यसैबीच, विभागले कमल पोखरीस्थित सिने स्टारको बिग मुभिजलाई २ लाख ५० हजार जरिवना गरेको छ। अनूचित व्यापारिक कारोबार गरेको भन्दै विभागले बिग मुभिजलाई विभागले मंगलबार अनुगमनको क्रममा जरिवना गरेको हो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको