को हुन् जुँगा भएको तस्बिर भाइरल भएकी यी महिला ? के भन्छिन् उनी ?

यतिबेला सामाजिक सञ्जालमा जुँगा भएकी एक महिलाको तस्बिर भाइरल भएको छ। उनको तस्बिर र उनको जुँगालाई लिएर विभिन्न किसिमका ट्रोलहरू समेत बनेको पाइन्छ।

तर, उनलाई आफूमाथि बनाइने ट्रोल र सामाजिक सञ्जालमा आउने कमेन्ट्ले खासै प्रभाव नपार्ने उनको अभिव्यक्ति छ। उनी हुन्, ३५ वर्षीया भारतीय महिला शायजा। सामान्यतया जुँगा पुरुषहरूको मात्र हुनेभएको कारण पनि उनको जुँगा देख्दा प्रायः जसाेले उनीमाथि ट्रोल बनाउने गरेको तर आफूलाई यसले कुनै प्रभाव नपार्ने उनले ह्वाट्सएप स्टेटसमार्फत जानकारी दिएकी छन्।

यसबारे लामो अभिव्यक्ति दिँदै उनी लेख्छिन्,‘मलाई मेरो जुँगा एकदमै मनपर्छ। मलाई विभिन्न सामाजिक सञ्जालमा किन पालेकी भनेर प्रश्न पनि आउँछन्। तर मेरो जवाफ यही हो,‘मलाई मेराे जुँगा मन पर्छ।’

३५ वर्षीया शायजाले आफ्नो ह्वाट्सएप स्टेटसमा आफ्नो तस्बिर मुनी लेखेकी छिन्, ‘मलाई मेरो जुँगा मनपर्छ ।’फेसबुकमा उनका तस्बिरहरू हेर्ने वा उनलाई व्यक्तिगत रूपमा भेट्ने मानिसहरूले उनलाई प्रायजसो एउटै प्रश्न सोध्छन् – किन जुँगा पालेकी ?

‘म यति मात्र भन्न सक्छु कि मलाई यो मन पर्छ,’ उनी भन्छिन् । शायजा केरलाको कन्नूर जिल्लामा बस्छिन् । धेरै महिलाहरू जस्तै, उनको अनुहारमा सिमित मात्रै रौँ थिए । उनले आफ्नो आँखी भौँलाई नियमित रुपमा थ्रेडले मिलाउने गर्थिन् तर उनका अनुसार ओठ माथिको रौँ हटाउन आवश्यक उनले कहिल्यै सोचिनन् ।

करिब पाँच वर्षअघि, यी रौँ बिस्तारै घना हुन थाले र जुँगा देखिन थालेपछि शायजाले यसलाई काट्ने नभई राख्ने निर्णय गरिन् । उनी भन्छिन्, ‘म अब यी बिना बस्न सक्छु होला जस्तो लाग्दैन । कोभिड महामारी सुरु भएपछि मलाई जतिबेला पनि मास्क लगाउन मन पर्दैनथ्यो किनभने यसले मेरो अनुहार ढाक्ने गर्दथ्यो ।’

धेरैले उनलाई जुँगा हटाउन पनि आग्रह गरे तर शायजाले त्यसलाई ठाडै अस्वीकार गरिन् । उनी भन्छिन्, ‘नहुनु पर्ने कुरा मसँग भएकोले मलाई म सुन्दर छैन भन्ने महसुस कहिल्यै भएन ।’

महिलाको अनुहारमा रौँ हुनुहुँदैन भनिन्छ । भइहाले पनि त्यसलाई पैसा खर्च गरेर हटाउ वा कुनै आकार देउ भन्ने गरिन्छ ।हेयर रिमूभर उत्पादनहरूको अर्बौँको व्यापार छ र यसले ती महिलाका लागि क्रिम, वाक्स स्ट्रिप्स, रेजर र एपिलेटर्स बनाउँछ जो आफ्नो आवश्यकताका लागि ती खरिद गर्न सक्षम छन् ।

तर हालैका वर्षहरूमा, धेरै महिलाहरूले यस्तो चलनको ठिक विपरित हिँड्ने निर्णय गरे र आफ्नो अनुहारको रौँ राख्न चाहिरहेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा बडी पोजिटिभिटीकी प्रचारक हरनाम कौर दाह्री पाल्ने विश्वकी सबैभन्दा कम उमेरकी महिला बनिन् ।

थुप्रै अन्तरवार्तामा उनले यसबारे चिन्तित भइराख्दा आफ्नो अनुहारको रौँसँगै आफूलाई कसरी प्रेम गर्न सिकिन्् भन्ने जानकारी दिएकी छिन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको