किन हटाइए चीनका लागि नेपालका राजदूत लीलामणि ?

काठमाडौं – मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ।

पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो। पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन्। कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन्। उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ।

पौडेल राजदूत भएकै बेला मुद्दा अघि बढ्दा होस्ट मुलुकमा नकारात्मक सन्देश जाने भएकाले सरकारले फिर्ता बोलाउने निर्णय गरेको स्रोतको भनाइ छ। पौडेलले चीनका लागि राजदूतको जिम्मेवारी सम्हालिरहेका बेला नेपाल–चीनबीच कतिपय ऐतिहासिक महत्व राख्ने काम भएका छन्। उनकै कार्यकालमा लामो समयदेखि हुन नसकेको चिनियाँ उच्च राजनीतिक नेतृत्वको नेपाल भ्रमण भएको छ। राष्ट्रपति सी चिन फिङले गत अक्टोबरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। त्यस्तै हालै कोरोना (कोभिड–१९) को उत्पत्ति स्थल चीनको वुहानबाट एक सय ७५ जना नेपाली विद्यार्थी फिर्ता ल्याउने सन्दर्भमा पनि पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। (नागरिक दैनिकबाट)

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको