राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बङ्लादेशमा गर्यो फोटो प्रदर्शनी

बंगलादेश – राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोमबार बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गरेका हुन्  । उनीहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आव्हान समेत गरे ।

अमेजिङ नेपाल नाम दिएर सोमबार आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो । उक्त समारोहमा बंंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताए । उनले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिए  ।

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिष्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ । समुहको रजतमहोत्सवका अबसरमा समुहले वर्षभरी नै विभिन्न कार्यक्रम गर्नै अध्यक्ष वन्तले जानकारी दिए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको