साझा यातायातका अध्यक्ष र बोर्ड सदस्यले भेटे उपमेयर सुनितालाई, भए यस्ता महत्वपूर्ण छलफल

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले मंगलबार भेट गरेका छन्। उनीहरुले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित, सेवाग्राहीको लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गरेका हुन्।

उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरुले यस विषयमा छलफल गरेका हुन्।छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगरको यातायात व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषय समावेश गरेको भन्दै त्यसबारे आफू सकारात्मक रहेको बताएकी छन्।

‘महानगरको मात्रै होइन, उपत्यकाकै यातायात व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलमा डंगोलले भनिन्, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौँ महानगरपालिकाको पनि हो। साझाको एजेण्डामा हामी सकारात्मक छौँ, सहकार्य गर्छौँ।’

डंगोलले यसअघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरुसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिइन्।भेटमा दीक्षितले खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर रहेको भन्दै सुधारका लागि लागिरहेको बताए।

दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराए।

‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भेटपछि कुराकानी गर्दै भने, ‘अहिले साझाले पहिलो चरणमा करिब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेको छ। तीनओटा आइसकेका छन्। बाँकी ३७ बस दशैँपछि आउँदैछन्।’

सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनेको बताए।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको पनि उनले बताए।प्याकुरेलले केही दिनअघि मात्रै मेयर बालेन साहसँग र मंगलबार उपमेयर डंगोलसँग भेट गरेको पनि बताए।

‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सहज बनाउने उदेश्यले तीन बटा विद्युतीय बस आइसकेका छन्। अब ३७ वटा बस आउँदैछन्। तर, अहिलेसम्म चार्जिङ स्टेशन कहाँ राख्ने टुंगो छैन,’ प्याकुरेलले भने, ‘सार्वजनिक यातायात मर्यादित गराउन यात्रा गर्दा टिकट लिनुपर्छ, सुरक्षित बिसौनी चाहिन्छ। यस्ता विषय महानगरपालिकासँग बढी सम्बन्धित छन् । कानुन बनाउने कुरामा पनि महानगरपालिकाको भूमिका उल्लेख्य हुने भएकाले हामीले ध्यानाकर्षण गराउएका छौँ।’

प्याकुरेलले उपमेयर डंगोलसँगको भेट सरकारात्मक रहेको जानकारी दिए। ‘उहाँले सार्वजनिक यातायात व्यवस्थापका लागि निकै चासो राख्नु भयो,’ उनले भने, ‘उपमेयरलाई राम्रो जानकारी रहेछ। केही राम्रो गरौँ भन्ने उहाँको चासोलाई हाम्रो अध्यक्षज्यूले पनि सकारात्मक रुपमा लिनुभयो। हामीले उहाँहरुसँगको भेटमा सकेसम्म उपत्यकाको यातायातलाई व्यवस्थित बनाउने सन्दर्भमा एउटा युनिट नै खडा गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका छौँ।’

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको