एक्कासी धरधर्ती किन रोए हर्क साम्पाङ ?

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ धेरैले कट्टोर मन भएको र एक आशावादी व्यक्तिको रुपमा चिन्छन् । तर आज एक कार्यक्रममा बोल्दा बोल्दै उनी भावुक बनेका छन् ।

उनी भावुक बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आज बिहान सर्दु र निशाने खोलाको दोभान क्षेत्रमा वृक्षरोपण कार्यक्रम रहेको थियो । उनी समयमै उक्त स्थानमा पुगेका थिए ।

पानी झारीमा भिज्दै मेयर हर्क साम्पाङले आफुलाई साथ दिन आएका अन्य थुप्रै सहभागि सदस्यहरुसँग सँगै विरुवा रोपे । सोही कार्यक्रममा आएका मिस धरान सौन्दर्य प्रतियोगितामा सहभागि प्रतियोगीहरुलाई मेयर हर्क साम्पाङले छोटो ‘मोटिभेस्नल स्पिच’ दिने कार्यक्रम पनि रहेको थियो । सोही क्रममा उनी निक्कै भावुक भएका थिए ।

मेयर साम्पाङले सर्दु खोला किनारमा प्रतियोगीहरुलाई सम्बोधन गर्दै प्रेरणादायी कुराहरु गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके । उनले गीतको बोल भन्दैगर्दा एक्कासी मेयर साम्पाङ भावुक भए, र रुन पुगे । उनले आफुलाई सम्हाल्न खोज्दा खोज्दै पनि सकेनन्, र धरधरी रोए । वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै भावुक भएका थिए ।

मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफुलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’उनले भने,‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

को हुन हर्क साम्पाङ ?
हर्कराज राई (हर्क साम्पाङ) २०३९ फागुन १५ गते खोटाङको साविकको खार्तम्छा गाविस–९ चोखाने (हाल कोपिलास गडी गाँऊपालिका–२) मा जन्मिएका हुन्। गाऊँकै शुक्रबारे स्कृलबाट एसएलसी उत्तिर्ण गरेका उनी २०५६ सालदेखि धरान १८ मा स्थायी बसोवास गर्दै आएका छन्।

समाजसास्त्रमा स्नातक सम्मको अध्ययन गरेका राई हालसम्म कुनै पनि पार्टीको सदस्य छैनन्। धरानमा सर्दू जलाधार बचाउँ आन्दोलन, खानेपानी समस्याको आन्दोलन, भ्रष्ट्रचारविरुद्धको आन्दोलन, धनकुटे रोडको बस्ती बचाउँ आन्दोलनको नेतृत्व गरेका राई सामाजीक अभियन्ता हुन्।

उनले बीपी प्रतिष्ठान बचाउँको आन्दोलनमासमेत नेतृत्व गरे। राईले धरानमा खानेपानी आयोजनामा चरम भ्रष्ट्रचार भएको भन्दै धरानमा आन्दोलन चर्काए। धरानवासिले खानेपानी खान नपाए पश्चात पानी माग्दैं आन्दोलन चर्काए त्यसको नेतृत्व पनि उनैले गरे। सर्दू खोलामा अवैध उत्खनन गरेको विषयमा आन्दोलन गर्दा उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो।

उनलाई धरानमा भ्रष्ट्रचार विरुद्धको अभियान्ताका रुपमा चिनिन्छ। चुनावमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूले चुनाव जिते सप्तकोसीबाट पानी ल्याएर धरानवासिलाई खुवाउने प्रतिबद्धता जनाएका छन्। खानेपानीको चरम अभाव खेप्दै आएका धरानवासीले हर्कको चुनावी नारा मन पराएर भोट दिए।

मेयर राईले धरानमा कांग्रेस एमालेका नेताहरुको खराव प्रबृत्ति र राजनैतिक दलहरुको वितृष्णाका कारण धराने जनताले आफूलाई मत दिएको बताए। उनले धरान उपमहानगरपालिकामा हुने गरेको भ्रष्ट्राचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। धरान बजारको व्यबस्थापन, फोहोर व्यवस्थापन, बीपी प्रतिष्ठानको र सामुदायिक विद्यालयको सुधार आफ्नो कार्यकालको पहिलो प्राथामीकतामा रहने बताए।

सिफारिस

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

भर्खरै

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

धेरै पढिएको