किन उठेन काठमाडौँको फोहोर ? बालेनले सुनाए फोहोर व्यवस्थापन गर्ने यस्ता योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्।पोखरामा भएको महानगरका मेयर-उपमेयरको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले फोहोर व्यवस्थापन हतारमा नगर्ने बताए। ‘हामीले मलका रुपमा फोहोरलाई व्यवस्थापन गर्न सक्थ्यौँ। नेपालले मलमा पनि आत्मनिर्भर हुनुपर्छ’, उनले भने, ‘हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ। तर हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।’

शाहले तत्कालै २/५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई नभइ ३०/५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताए।

‘हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ। अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौँ’, उनले भने, ‘२५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ। काम नदेखियोस् तर ५०/१०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ।’

शाहले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए। ‘बरु एक वर्ष हामी महानगरबासीबाट गाली खान तयार छौँ’, उनले भने, ‘उपत्यकालाई बिग्रिनबाट जोगाउनुपर्छ। हामीलाई सय तले भवन चाहिएको छैन। अहिले नै ३० तलाको भवनमा पर्यटक राख्नु भन्दा होम स्टेमा राख्नु ठीक हो। तला बढाउनेभन्दा घर घरमा पर्यटक राखेर आम्दानी दिलाउनु राम्रो हो।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।

शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।

‘काठमाडौंबाट सिक्ने कुरा धेरै छन्। साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ’, उनले भने, ‘पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ।

मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले। तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ। सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ।’

शाहले कम्तीमा आठ आनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए।

‘मिनिमम आठा आना भन्दा तल घर बनाउन नदिएको भए पानी रिचार्ज गर्न सकिन्थ्यो। तर पनि हामी पानी रिचार्जलाई हामी बढाउँछौँ’, उनले भने, ‘ढल निर्माण भइरहेको छ। तर त्यही ढलमा वर्षाको पानी मिसाउनु हुँदैनथ्यो। पानी पनि ढलमै हालिदिँदा रिचार्ज हुनै पाएन।’

 

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको