यी हुन् अखाद्य वस्तु उत्पादन गर्ने ११५ उद्योग, दर्ता भयो मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।

खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । यस्तै, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ ।

​यस्तै, दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ ।

यसैगरी, चिया÷कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपात सम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग र गुलियो पदार्थ उत्पादन गर्ने ३ तथा तेल तथा घ्यूजन्यको २ वटा उद्योगका विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।

यसैगरी, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योग गरी कूल ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको हो । यी उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका थिए ।

यी हुन् अखाद्य वस्तु उत्पादन गर्ने ११५ वटा उद्योगः

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको