नेपाली सेनाका अर्का एक अधिकृतलाई राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी

काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी मिलेको छ । सेनाका सहायकरथी दिपक बानिंयालाई साउथ सुडानको अनमिस मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो । साउथ सुडानस्थित अनमिस मिसनमा सेक्टर कमाण्डर फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि तेस्रो उच्च तहको पद हो । उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार फौज समेत कार्यरत छ ।

उक्त मिसनअन्र्तगत २२ हजार फौज रहेको छ । हाल जुम्लास्थित सेनाको २४ बाहिनीको बाहिनीपति रहेका बानियां सेक्टर कमाण्डरका रुपमा छनौट भएका हुन् । उनि २७ बेसिकका सैनिक अधिकृत हुन् । अनमिस मिसनमा नर्थ, इस्ट,वेस्ट, साउथ र जुवा गरी पांच वटा सेक्टर रहेका छन् । यसअघि सेनाकै सहायकरथी नैनराज दाहाल पनि दुई वर्षअघि मात्र साउथ सुडानमा सेक्टर कमाण्डरका रुपमा छनौट भएका थिए ।

त्यसैगरी कंगोमा नेपाली सेनाका सहायकरथी देव घले र लोक थापा मगर र पुर्व युगोस्लाभियामा सहायकरथी सरोजराज शर्माले उक्त जिम्मेवारी पाइसकेका छन् । नेपाली सेनाका उपरथी ईश्वर हमाल गत महिना मात्र अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा छनौट भएका थिए ।

विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने संसारका १ सय २२ मुलुकमध्ये नेपाल गत साता मात्र पांचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।

नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जनाको फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको