पुलिसका लिडर, मिलिट्रीका लिडर धेरैजसोले हामीलाई धोका दिए : पूर्व डिआइजी खरेल

काठमाडौं – नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ को सुरुवात भएको छ ।

बिहीबार एक कार्यक्रम आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । अभियानमा देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठलगायत नेतृत्व तहमा छन् ।

देशमा भइरहेका भ्रष्टाचार तथा बेथितिविरुद्ध अभियान सुरु गरिएको बताइएको छ । नागरिकहरूले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोगविरुद्ध जिल्ला–जिल्लामा सचेतना अभियान चलाइने जानकारी गराइएको छ ।

खरेलले सार्वजनिक पदमा रहेका धेरै व्यक्ति भ्रष्टाचारको कुलतमा रहेको भन्दै सुध्रन चेतावनी दिए । ‘देशमा परिवर्तन भए, संविधान आयो, तर त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने व्यक्तित्व हामीले पाएनौँ,’ उनले भने, ‘पछिल्लो समय ललितानिवास, वाइडबडी, ३३ किलो सुन, फोरजी, सेक्युरिटी प्रिन्टिङ, एनसेल काण्डलगायत विभिन्न काण्ड सुन्यौं ।

नेपाली जनताको सेवा गर्छु, न्याय दिन्छु सुशासन दिन्छु भनेका पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर, मिलिट्रीका लिडर धेरैजसोले हामीलाई धोका दिए, अब उनीहरूले शपथ खाँदाको कसमअनुसार सेवा दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको