जसपामा अशोक राईले पाए महत्वपूर्ण जिम्मेवारी

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा वरियताक्रमको पहिलो नम्बरमा अशोक कुमार राई बनेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै राई वरीयताको पहिलो नम्बरमा रहेका हुन् ।

यसअघि उनको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो । केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो ।

यसअघि डा.बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो ।

डा.बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा अशोक राईलाई ल्याइएको छ । पुनर्गठन गरिएको केन्द्रीय समितिमा वरिष्ठ नेतामा कसैलाई राखिएको छैन । यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ ।

असार २९ गते बसेको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो । तर पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था भएपनि यादवले केन्द्रीय समिति पुनर्गठन गर्दा एकजना अध्यक्ष मात्र राखेका छन् । पार्टीको विधान अनुसार दुईजना अध्यक्ष राख्नुपर्ने भन्दै डा.बाबुराम भट्टराईले पार्टीमा कुरा उठाएका थिए । त्यही विषयमा कुरा नमिल्दा डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएका हुन् ।

जसपाका कार्यकारिणी सदस्य इस्तियाक राई पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । तर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री भए पछि उनी मौन छन् । यसैबीच आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ ।

त्यस्तै, प्रदेश समिति, तथा राष्ट्रिय समितिका अध्यक्षलाई सम्बन्धित प्रदेशको संघीय संसद र प्रदेशसभाको उम्मेदवार बारे निर्णय गर्दा संसदीय बोर्डको बैठकमा आमन्त्रित गर्नुपर्ने पार्टीले व्यवस्था गरेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको