गठबन्धन बनाएर आउनेलाई हराउनुपर्छ भन्दै ओलीको पक्षमा उभिए यी दुई डाक्टर

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे । उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशङ्का थियो ।

माओवादीका कतिपय नेताहरूले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्योल थियो । प्रचण्डले मङ्सिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरू भर लाग्दा छैनन् । खेलखाल, जालझेल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिद्ध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होइन । यो त पुण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसै गरी अघि बढ्यौँ भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दीक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरूमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि, यिनीहरू प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनुपर्छ । कुनै पनि हालतमा जिताउनुहुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन ।’

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

उनले २०४६ सालदेखि अहिलेसम्म सत्तामा आएकाहरूको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकतन्त्र हो, जहाँ नीतिगत भ्रष्टाचार हुन्छ । स्टेटले आफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?’

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको