आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउँदै आयल निगम

काठमाडौं – नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी तेलको मूल्य घटाउने भएको छ । नियमित समायोजन अन्र्तगत आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउन लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा निकै ठूलो गिरावट आएपछि निगमले मूल्य घटाउन लागेको हो । मूल्य घटेर पेट्रोलको मूल्य प्रति लिटर एक सय रुपैयाँभन्दा कम मूल्य रहने बुझिएको छ । यसैगरी डिजेलको मूल्य पनि त्यही अनुपातमा हुनेछ । निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

यसपटक अन्तर्राष्ट्रिय बजारमा मूल्यमा व्यापक गिरावट आउँदा निगमलाई १५ दिनमै २० करोडभन्दा बढी फाइदा पुगेको छ । अहिलेको मूल्य कायम रहेमा निगमले एकै महिनामा एक अर्बभन्दा बढी नाफा लिनसक्नेछ । तर, अन्तर्राष्ट्रिय बजारमा घटिसक्दा निगमले घटाउन ढिलाई गरेको भन्दै आलोचना हुँदै आएको छ ।

यसअघि कच्चा तेलको मूल्य प्रति ब्यारल ५० डलरमा हुँदा १५ दिनमै निगमले १८ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक छ ।

यसैगरी, पेट्रोलको मूल्यमा पछिल्लो पटक पाँच रुपैयाँ अतिरिक्त रुपैयाँ थपिएको छ । अर्थमन्त्री युवराज खतिवडाले कर थपिदा पनि मूल्य बढ्दैन भनी चलाखी गरे । यतिबेला अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको मौका छोपेर पेट्रोल र डिजेलमा प्रति लिटर पाँच रुपैयाँ उपभोक्तालाई बढी रकम तिर्न लगाएर संकलन गरिएको छ । बुढिगण्डकीलगायतका जलविद्युत आयोजना निर्माणका लागि भनी यो रकम उठाइएको छ । केही वर्ष अघि बुढीगण्डकीकै लागि भनेर प्रति लिटर एक रुपैयाँ अतिरिक्त रकम लिएर शुरु गरेकोमा बढाएर पाँच रुपैयाँ पुर्याइएको थियो । फेरि बढाएर १० रुपैयाँ बनाइएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको