तस्बिरमा हेर्नुस् विकिनीमा विन्दास स्वस्तिमा

काठमाडौं – यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् ।

‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ । उनको हकमा त्यही भयो । स्वस्तिमाले आफ्नो प्रयास अविछिन्न जारी राखिन् । आखिरमा उनलाई सफलताले पच्छ्याएरै छाड्यो । नतिजा, उनले फुर्सद पाइनन् ।

एकपछि अर्को सिनेमाले स्वस्तिमालाई व्यस्त बनाइरह्यो । कोभिड महाव्याधियता उनी अभिनित ‘चपली हाइट ३’, ‘चिसो मान्छे’ प्रदर्शनमा आयो ।

त्यसपछि भने उनको कुनै सिनेमा प्रर्दशन वा प्रदर्शोन्मुख छैन । सम्भवतः यतिबेला उनलाई फुर्सद मिलेको छ । त्यसैले त उनी फुर्सदिला दिनहरु कटाउन अमेरिकातर्फ लागिन् ।

यो फुर्सदको क्षणमा उनले भरपुर रमाइलो गरेको छनक पाइन्छ । कहिले ज्याक्सन हाइटमा सौन्दर्य प्रसाधन किनमेल गरिरहेको देखिन्छ भने कहिले समुद्री छालमा खेलिरहेको ।

भर्खरै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटो साझेदार गरेकी छिन्, जसमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छिन् । प्रिन्टेट क्याप र कालो विकिनीमा ठाँटिएर उनी समुद्री तटमा पोज दिइरहेकी छिन् । टेक्सासको दक्षिणी पाद्रे द्वीपमा उनले यस्तो फोटो खिचाएकी रहिछन् । यो टेक्सासको लोकप्रिय समुद्री तट हो ।

तस्वीरमा उनी विन्दास र उन्मुक्त भएर हाँसिरहेकी छिन् । त्यसको क्याप्सनमा लेखेकी छिन्, ‘बिच थेरापी ।’

तस्वीर : स्वस्तिमाको इन्स्टाग्रामबाट

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको