आमा बन्दै अभिनेत्री श्वेता

काठमाडौं – धनगढीका विजयन्द्रसिंह राउतसँग विवाह गरेकी अभिनेत्री श्वेता खड्का चाँडै आमा बन्ने भएकी छन् ।

उनको गर्भ ४ महिनाको भएको पारिवारिक स्रोतले जनाएको छ । श्वेताले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरेकी थिइन् ।

यो उनको दोस्रो विवाह हो । श्वेताको पहलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको एक महिनापछि नै श्रीकृष्णको निधन भयो । श्वेताले आफू गर्भवती भएको अहिलेसम्म सार्वजनिक गरेकी छैनन् । उनी सार्वजनिक कार्यक्रममा कम देखिएकी छन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएपछि उनले दोस्रो विवाह गरेकी थिइन् ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

श्वेताका अहिलेका श्रीमान विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको