प्रचण्डको घरेबेटीबाट खोसियो बञ्चरे डाँडा सडक निर्माण ठेक्का, तोकियो जरिवाना

काठमाडौं– तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग इन्टरप्राइजेजले गत असार ५ गते सडक विभागले ठेक्का रद्द गर्ने निर्णय गरेसँगै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधिश सिता शर्माको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सँगै अधिकारीको कम्पनीलाई तीन वर्षसम्म कालोसुचिमा राख्ने पनि सडक विभागले सिफारिस गरेको छ।

आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन्। अन्तिम पटक थपिएको गत चैतमा म्याद सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो। तर, अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’ले जिल्ला अदालत ललितपुरमा सडक विभागविरुद्ध मुद्दा दायर गरेको थियो।

गत असार १५ गते दायर गरिएको उक्त मुद्दामा आज फैसला भएको हो। यसअघि जारी गरिएको अन्तरिम आदेशलाई खारेज गर्दै अदालतले सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्दलाई सदर गरेको छ। फैसलामा सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्न खोजेको विषयलाई नै सदर गरिएको छ। अदालतले अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’लाई तीन वर्षसम्म कालोसुचिमा राख्नेसमेत आदेश दिएको तिनपिप्ले–वञ्चरेडाँडा सडक खण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले बताए ।

शैलुङको बैगुनः ८ वर्षमा ५० प्रतिशत काम पुरा, ७ पटक म्याद थप हाल काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा सिसडोल तथा वञ्चरेडाँडा जाने सडक खण्ड बनेका कारण निकै समस्या भइरहेको छ। हरेक वर्ष वर्षातको समयमा यो सडक खण्डमा फोहोर बोकेका ट्रक हिँड्न नसक्ने अवस्था हुन्छ ।

आठ वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा सडक विभागमार्फत यो सडक खण्डको निर्माणको जिम्मा शारदा अधिकारीको कम्पनीले पाएको थियो। सुरुवातमा दुई वर्षको म्याद तोकेर निर्माणको काम पाएको उक्त कम्पनीले समयमा काम गर्न नसक्दा पटकपटक म्याद थपिएको थियो।

कुल २५ किलोमिटर सडक रहेको यो खण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्याक्न जाने गाडी कुद्ने बाटो थियो । ३१ करोड लागतमा शैलुङ्ग इन्टरप्राइजेजलाई जिम्मा दिइएको उक्त काम समयमा पुरा नहुँदा सो सडक खण्ड लामो समयदेखि निकै दयनिय अवस्थामा थियो।

हाल जिल्ला अदालत ललितपुरले सडक विभागले ठेक्का रद्द गर्न गरेको फैसला नै सदर गरेसँगै अब सो सडक खण्डको निर्माणको काम नयाँ कम्पनीलाई दिइनेछ। सार्वजनिक टेण्डर आह्वानमार्फत नयाँ कम्पनीलाई ठेक्का दिइने योजनाका प्रमुख श्रेष्ठले बताए। सँगै सडक विभागले कम्पनीलाई तीन वर्ष कालोसुचिमा राख्न सिफारिस गरेको छ भने शैलुङ्ग इन्टरप्राइजेजले १ करोड ५५ लाख जरिवाना समेत विभागले माग गरेको छ। ‘अदालतले स्टे अर्डर दिएकाले हाम्रो प्रक्रिया अघि बढेको थिएन्’, ‘हामीले बैंकलाई चिट्ठी लेखेका छौं बैकलाई जरिवाना जम्मा गर्न भनेका छौं । १ करोड ५५ लाख जरिवाना माग गरेका छौं ।’

 मेयर बालेन्द्र शाहको सचिवालयका एक सदस्यकाअनुसार सो सडक खण्डकै कारण पनि फोहोर व्यवस्थानमा समस्या भइरहेको थियो। मेयर बालेन्द्र स्वयंले पनि समय समयमा सडकको अवस्थाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएका थिए।

मंगलबार अदालतले गरेको फैसलासँगै बालेनले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन्। उनले फेसबुकमा सो सडक खण्डको भिडियो राख्दै लेखेका थिए, ‘श्रीमान प्रचण्ड ज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको