वाग्मती नदीमा शनिबार बिहान र्याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो ।
वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्याफ्टिङमार्फत जल विहार गराएको हो । १२ वटा र्याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।
फोटो : प्रदीप कुमार श्रेष्ठ