आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन् ?

काठमाडौं – अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन्। मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। उनी अहिले राजनीतिमा समेत सक्रिय छिन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छिन्।

फिल्म खेल्न थालेपछि २१ वर्षको अवधिमा उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर सफल चलचित्र दिँदै दर्शकमाझ छाप छोड्न सफल नायिका थापा अहिले ३८ वर्षकी भइन्।

कुनै बेला रेखा छोटो पहिरनलगायतका कारण सर्वाधिक चर्चामा थिइन्। हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ। अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

रेखाको करिअर चलचित्रमा मात्र सिमित छैन। पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छिन्। मंसिर ४ मा हुने संसदीय चुनावपछि रेखा आफ्नो होम प्रोडक्सन ब्यानरबाट फिल्म निर्माणको तयारीमा छन्।

निर्माता छविराज ओझासँग करिब १० वर्ष वैवाहिक जीवनपछि डिभोर्स गरेकी थिइन्। लामोसमय एक्लै बस्दै आएकी रेखाले हालसालै विहे गरेकी छन्।

पर्दामा सफल रहेकी अभिनेत्री थापाको वैवाहिक जीवन भने असफल रह्यो । हिरो फिल्म खेले लगत्तै निर्माता छविराज ओझासँग रेखाको बिहे भएको थियो । वैचारिक मतभेदका कारण करिब १२ वर्ष पछि रेखा छवि एक आपसमा छुट्टिए ।

रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ ।

जुन फिल्मले व्यवसायिक सफलता हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिस्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग रेखाको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा को पराजित भयो ? ईतिहास बोल्नेछ ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको