अभिनेता विपिन कार्कीविरुद्ध कसले हाल्यो उजुरी ?

अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ। उनीविरुद्ध नेपाली फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाले चलचित्र निर्माता संघमा उजुरी दिएका हुन्। सुवासले विपिनबाट क्षतिपूर्तिको माग गर्दै संघमा उजुरी दिएका छन्।

कास्कीमा ‘प्रसाद २’ छायांकनका क्रममा भएको विवाद अन्तत: निर्माता संघमा पुगेको हो। फिल्म छायांकन भएको सुरुकै दिन विपिन सेट छाडेर हिँडेका थिए। त्यसयता फिल्म अलपत्र परेको छ। आफ्नो फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेको बताएका छन्।

‘प्रसाद २’ छाडेर हिँडेका विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन्। उता थापाको ‘प्रसाद २’ भने अनिश्चित बनेको छ। विपिनले यो फिल्मका लागि थापासँग सहकार्य गर्न नसक्ने बताइसकेका छन्। उनले फिल्म छाडेलगत्तै भनेका थिए, ‘उहाँसँग अरु प्रोजेक्टमा सहकार्य हुन सक्ला, प्रसाद २ मा हुँदैन।’

सुवास थापाको प्रोडक्सनमा फिल्म निर्माणको तयारी भए पनि निर्माताका रूपमा केशव पाण्डे भित्रिएका थिए। विपिनले आफ्नो पारिश्रमिक सुनिश्चित नभएको भन्दै फिल्म छाडेका थिए। उजुरीपश्चात् निर्माता संघले विपिन र सुवासलाई छलफलका लागि बोलाउने तयारी गरेको छ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको