करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् सहयोग रकम

काठमाडौं – निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् ।

गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।

निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् ।

निहारिका पैसा फिर्ता गर्न गोदावरी पुग्ने समयमा करिश्मा चाहिं सारीमा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन् । त्यहीं पुगेर पैसा फिर्ता गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो । त्यस क्रममा पैसा भुईंमा खसेपछि करिश्माले टिपेको देखिएको छ ।

सुरुमा पैसा लिन आनकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने चर्चा छ ।

यस्तै न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको