मिस नेपाल अर्थ शरिसा श्रेष्ठले राखिन् विश्व रेकर्ड

‘मिस नेपाल अर्थ २०२२’ विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन्। भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन्। उनी कार्यक्रममा विशेष अतिथिकाे रूपमा सहभागी थिइन्।

उनको टोलीले नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न पोखरामा १,९०० मिटरमा प्याराग्लाइडिङ गर्दै खिचेर भिडिओ तयार पारेको थियो। उक्त म्युजिक भिडिओ ‘सरर बग्यो हावा’ले विश्व कीर्तिमान कायम गरेको हाे।

गीतमा वरिष्ठ गीतकार हरिगोपाल प्रधानको शब्द छ भने सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ। म्युजिक भिडिओमा मिस नेपाल अर्थ २०२२ डा. शरिसाको मुख्य भूमिका देख्न सकिन्छ।

उनले सम्मान र भिडिओबारे फेसबुकमा लेखेकी छन्, ‘यो म्युजिक भिडिओमा मुख्य नायिकाको भूमिकामा अभिनय गर्ने अवसर पाएकोमा म निकै खुशी छु। यससँगै विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्नेमध्ये म पनि एक रहेकोमा गर्व महसुस गर्दैछु।’

सोमबार आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा श्रेष्ठ भारतका पूर्व लेफ्टिनेन्ट गभर्नर किरण बेदीको किताब ‘फियरलेस गभर्नेन्स’को विमोचनाको लागि उपस्थिति जनाएकी थिइन्।

उनले आफ्नो उपस्थितिबारे फेसबुकमा लेखेकी छन्, ‘भारतका पूर्व लेफ्टिनेन्ट गभर्नर डा. किरण बेदीजी, आइपिएसको पुस्तक फियरलेस गभर्नेन्सको विमोचन गर्नु मेरो लागि सौभाग्यको कुरा हो।’

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको